बुद्ध को जन्मभुमि

 बुद्ध को जन्मभुमि 

चैत्र २०,२०७४ ( April 3, 2018 )


बुद्ध को जन्मभुमि सगरम‍ाथा को देश नेपाल ऐतिहासिक एवं प्रमाणिक सत्य हो।नेपालमा जन्मिएका बुद्ध ले भारतमा ज्ञान प्राप्त गरेका थिए।नेपाल जन्मभुमि,भारत ज्ञानभुमि र एशिया बुद्ध को पावनभुमि हो।त्यसो त बुद्धको ज्ञान उपदेश र अनुयायी विश्वव्यापी नभएको होइन।

बुद्धको जन्मभुमि र ज्ञानभुमि ऐतिहासिक र प्रमाणिक सत्य हुदाहुदै पनि बुद्ध  जन्मिएको भुमि लाई विवादमा ल्याउने , भ्रम फैलाउने कार्य कोहि कसै बाट भएमा वा गरिएमा त्यस्तो कार्य बाट कसैलाई राम्रो नहुने सबैलाई थाहा छ तापनि बुद्धको जन्मभुमि लाई विवादमा ल्याउने,भ्रम फैलाउने कार्य हाम्रा दक्षिण क्षिमेकी बाट केही समय यता तिब्र भईरहेको सबैको जानकारीमा छ।यस्तो हुनु गरिनु भनेको भारत बाट बुद्ध ज्ञान र उपदेश को अवहेलना र स्वयं बुद्ध प्रति को अमर्यादा हो।

मूलतः आज हामी नेपाली ले नेपाल बुद्धको जन्मभुमि हो भनी विभिन्न तरिका बाट भनिरहनु  पर्ने , विश्वभर जनमानसको कान कानमा,मस्तिष्क मस्तिष्क मा पुर्याउनु पर्ने अवस्था को सृजना र आवस्यकता किन भयो ।यो अत्यन्त गम्भीर र संवेदनशिल विषय हो।कुनै एक ब्यक्ति वा केहि ब्यक्तिहरु को कारण बाट यस्तो अवस्था सृजना भएको हो भने खासै महत्व राख्दैन र त्यसको वकालत गरिरहनु पनि पर्दैन तर यांहा सिङ्गो भारत को तर्फबाट यस्तो हरकत भए गरिएको छ।यस्तो कार्य संस्कृतिक धार्मिक एवं पुरातात्विक सत्य विरुद्धको आक्रमण हो।यो वास्तवमा नेपाल विरुद्धको भारतीय नव साम्राज्यवादी नीति अन्तर्गत को एउटा रणनीति हो।

नेपाल भारत सम्बन्ध को इतिहासका पाना पल्टाउने हो भने भारतको नेपाल संग को सम्बन्ध सधै रणनीतिक रहदै आएको र नेपाल को भारत संगको सम्बन्ध सरल र अरणनितिक रहदै आएको हामी पाउंद छौ।दुई देश वीच खुला सिमाना र सदीयौं पुरानो सम्बन्ध भएर पनि इमान्दार देशभक्त आमनेपाली हरूको मन मस्तिष्क मा सधैं अविश्वास ,शंकै शंका र प्रश्नै प्रश्न उब्जिरहन्छ। किन?भारतिय नेताहरू लाई नेपालको सहयोगमा सत्तामा पुग्नु छैन तर हाम्रा नेताहरू लाई भारतको सहयोगमा सत्तामा पुग्नु छ ।भारतिय राजनीतिक मदारीको डमरूको तालमा ताल मिलाउन सकेन भने सत्ता सम्भव छैन ।यस्तो राजनीतिक रोग बाट हाम्रा नेताहरू ग्रसित छन।नेपाली राजनीतिमा यो बारम्बार प्रमाणित भई सकेको सत्य हो।ब्यवहारमा हामी भारत समक्ष उभिँदा हामी अक्सर आफूलाई कमजोर महशुस गर्दैछौं । भारतिय नेताहरू नेपाल आई बोल्दा कडकिएर हैकमपुर्ण भावले बोल्दछन तर हाम्रा नेताहरू भारतमा बोल्दा अत्यन्त सरल शालीन र भक्तिभाव पुर्वक बोल्द्छ्न।हामी दुई देश वीच प्रस्तुति र अभिव्यक्ति मा पनि निकै भिन्नता छ ।

दुई देश बीचको सम्बन्ध अत्यन्त सरल स्पष्ट सन्तुलित सम्मानित र न्यायपुर्ण हुनुपर्दछ,पेंचिलो र रणनीतिक हुनुहुदैन्।तर यस्तो हुन नसक्नुको हाम्रो भौगोलिक ,आर्थिक ,सामाजिक वा यस्तै यस्तै अवस्था  मात्र कारक होईन हाम्रा नेताहरूको भययुक्त एवं भक्तिभावको मानसिकता प्रमुख कारण हो।दुई छिमेकी मित्रहरू संगको व्यापार पारवहन लगाएत अनेकौ आवस्यक एवं संभावित क्षेत्रहरूमा हाम्रो सम्बन्ध राष्ट्रिय हित अनुकुल प्रभावकारी प्रगाढ र निरन्तर हुनु पर्दछ तर यी सबै विषयहरूमा हाम्रो सम्बन्ध दक्षिण संग मात्र सीमित छ।उत्तर संग नगण्य छ।यस्तो हुनुमा हाम्रो आफ्नो कमजोरी छ ।हामी सामान्य अवस्थामा उत्तर तर्फ फर्केर हेर्दैनौ।असामान्य अवस्था सृजना भएपछि मात्र भारत लाई तर्साउन,उस्को नेपाल प्रतिको कठोर निति एवं कार्य फिर्ता लेओस भन्ने ध्येयले हामी उत्तर तर्फ फर्कन्छौ।हामी एकैचोटी तत्काल धेरैभन्दा धेरै विषयहरु मा सम्बन्ध बिस्तार गर्ने कार्य थाल्दै भएभरका नाकाहरू खोल्ने आग्रह गर्दछौ।दिन रात एकगरी लागि पर्दछौं।असामान्य स्थितिमा सुधार आउन थाले पछि हाम्रो उत्तर तर्फको फर्काईमा बिस्तारै सुस्ती आउन थाल्द्छ।बिस्तारै जे छ त्यसैमा हामी यथावत रहन थाल्दछौ। यथास्थिती।हुनुपर्ने के येहि हो?पक्कै होईन ।यस्ले हाम्रो सोंच र कार्य गलत भएको  देखाउंद छ।

हामीले धेरै भन्दा धेरै नाकाहरू खोल्ने सोंच नीति र योजनाहरू बनाउनु पर्दछ।क्रमिक रूपमा एक पछी अर्को ब्यवस्थित सुबिधायुक्त भरपर्दो नाकाहरू खोल्दै जानु पर्दछ ताकि खोलिएका नाकाहरु बाट प्रभावकारी ढंग मा ब्यापार पारवाहन निरन्तर चलिरहोस्।यस्तै गरि अन्य क्षेत्रहरूमा पनि एक पछि अर्को कार्यहरु ब्यवस्थित गर्दै जानु पर्दछ।समय पक्कै पनि लाग्ने छ तर सबै कार्यहरू दिगो एवं ब्यवस्थित हुदै जानेछ ।के यी सबै कार्यहरु हाम्रा बर्तमान नेताहरू बाट सम्भव छ ?नेताहरूको कुरा सुन्दा प्रतिबद्ध देखिन्छन् तर सकिरहेका छैनन्।हाम्रा नेताहरू कुनै न कुनै विवाद एवं scandal मा नमुछिएका हैनन्।बिश्वास गर्ने वा  नगर्ने।विकल्प केहि छैन ।जनता बाध्य छन्।

मुलुकले संधीय प्रजातान्त्रिक गणतन्त्रको राजनीतिक यात्रा प्रारम्भ गरिसकेको छ।जनतामा नयां आशा पलाएको छ।त्यसले मुर्तरुप लिने छ ।त्यो समयले देखाउने नै छ।नेताहरू भनिरहेका छन् राजनीतिक स्थायित्व भई सक्यो अब आर्थिक प्रगति नै अहिलेको मूल लक्ष्य हो।संविधान मुताविक तल्लो तह देखि माथिल्लो निकाय सम्मको सम्पुर्ण गठन प्रक्रिया निर्वाचन द्वारा सम्पन्न भईसक्यो।राजनीतिक स्थायित्वका लागि संधीय प्रजातान्त्रिक गणतन्त्रात्मक शासन पद्धति संस्थागत हुन अत्यावश्यक छ।वास्तवमा हामी गणतन्त्रको अभ्यासमा भर्खर विधिवत प्रवेश गरेका छौं।हाम्रो यो नयाँ राजनीतिक यात्रा कस्तो रहने छ भावी राजनीतिले देखाउने नै छ।विस्वास छ गणतन्त्र संस्थागत हुने नै छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकीकरण अन्तिमचरणमा पुगेको नेताहरू भनिरहेका छन्।पार्टी एकीकरण ले मुर्तरुप लिएपछि नेपाली राजनीतिमा एउटा नौलो अध्याय प्रारम्भ हुनेछ ।यो डरको बिषय होईन्।यो वास्तवमा नेपाली राजनीतिका लागि एउटा उत्सुकता को विषय हो।प्रजातन्त्र धरापमा पर्ने छैन्।फस्टाउने छ।प्रजातन्त्र लाई धरापमा पार्ने कार्य आजको अवस्थामा कसै बाट भएमा नेपाली राजनीतिमा त्यो शक्तिको अस्तित्व र उपस्थिति समाप्त हुने छ।यो निश्चित छ।मूल कुरो राष्ट्र ,राष्ट्रियता ,प्रजातन्त्र र स्वाभिमान हो।त्यसो त हाम्रा नेताहरु राष्ट्र ,राष्ट्रियता,प्रजातन्त्र र स्वाभिमान प्रति अत्यन्तै दृढ छन् तर पनि अनेकन कारणहरू लाई थेग्न नसकेर चिप्लिन्नन भन्न पनि त गाह्रो छ।मुलुकको विगतको राजनीतिले यो देखाउद छ।

आकाशमा जतिसुकै बाक्लो कालो वादल भएतापनि वादलको चारैतिर चांदीको घेरा आशाको किरण हुन्छ सबैलाई थाहा छ।त्यसैले नेपाली राजनीतिमा जतिसुकै कालो वादल मडारिएता पनि,उथलपुथल भएता पनि ,नेताहरू जतिसुकै scandal र विवादहरूमा मुछिएता पनि ,तीनिहरूले गरेका थुप्रै थुप्रै प्रतिबद्धता मा विचलन आएतापनि नेपाली राजनीतिमा आशाको किरण अझै पनि विधमान छ।निराश हुनुपर्ने कुनै अवस्था र कारण छैन्।किनकि राजनीतिमा सम्भावना सधैं रहन्छ ।राजनीति साध्य होइन गन्तव्यमा पुग्ने पुर्याउने माध्यम हो।तसर्थ समय,परिस्थिति र आवश्यकता अनुसार नेता र दलहरू लाई बोक्ने ,समर्थन गर्ने ,प्रयोग गर्ने र स्वार्थ पुरा भएपछि हाड जस्तै फाल्ने ,नेपाल र नेपाली लाई लकुवाको अवस्थामा पुर्याइ बाध्य बनाउने भारतीय नव साम्राज्यवादी नीति अन्तर्गतको रणनीति बाट हाम्रा राजनीतिक दल एवं नेताहरू सावधान र सचेत हुदैं हामी लाई गन्तव्यमा पुर्याउने नै छन् र आगामी दिनहरूमा हाम्रा दक्षिण छिमेकी मित्रले हामी विरुद्ध कुनै पनि खालको बवाल मच्चाउने र बखेडा खडा गर्नु पुर्व गम्भीरतापूर्वक सोच्ने छ र हामी प्रताडित हुनुपर्ने छैन्।

--------------एम बी सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार