परस्पर आक्षेपको राजनीति
परस्पर आक्षेपको राजनीति
प्रकाशित:- जेठ ८, २०७५ ( May 22,2018 )
परस्पर आक्षेप नै नेपाली राजनीतिको मूल समस्या हो।विपक्ष लाई आक्षेप नलगाए सम्म राजनीति गरेको ठहरदैन,आत्मसन्तुष्टि हुदैन ,आफुले देश र जनताको लागि राजनीति गरेको देखिदैन् आदि इत्यादि मनोरोग बाट नेताहरू ग्रसित छन् ।तिनीहरु त्यस्तो कार्य गर्नमा हौसिन्छन।विपक्षीको अनुहारमा हिलो छ्याप्दा आफ्नो शरीरमा हिलो लाग्दैन भन्ने भ्रम पालेर राजनीति गर्दछन नेताहरू ।चौविसै घन्टा वार्है महिना दिन रात आक्षेपको वाण प्रहार गरिरहन्छन ।अनि काम कुरो एकातिर कुम्लो बोकी .........तिर भने झैं संसद,सडक ,मञ्चमा जतासुकै माईक समाउने बित्तिकै आक्षेप शुरू हुन्छ।समय त्यसैमा खर्चिन्छ।एक ले अर्को लाई राष्ट्र र जनविरोधी ,दलाल,तलुवा चटुवा,लम्पसार प्रबृत्ति भएको ,घुंडा टेकुवा आदि इत्यादी शब्द वाण को प्रयोग गरिनै रहन्छन् ।होइन दुध ले धोयको नुहाएको निष्कलङक दल र नेता को छ र।नेताहरू को काम हेर्दा हेर्दा कुरा सुन्दा सुन्दा जनता भाउन्न को अवस्था मा पुगिसके।यती मात्र कहा पो हो र काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।कुनै न कुनै विषय मा नेताहरू लडि रहुन्,अस्थिरताले निरन्तरता पाइनै रहोस अनि यस्तै यस्तै स्थिती मा एक पछि अर्को आफ्नो स्वार्थ सिद्ध गर्दै जाने ।यो हो नेपाल् प्रति को भारतीय राजनीतिको मुल मन्त्र ।
एउटा दल र त्यसको नेताले अर्को दल र नेता बिरुद्ध कुनै घोर आपत्तिजनक ,मिथ्या एवं फजुल आरोप लगाए मा त्यस्को खंडन गर्न स्पस्टिकरण र जवाफ माग्न विभिन्न तरिकाबाट विधिवत छलफल बहस गरि सार्वजनिक गर्न पनि सकिन्छ ।संसद्को बैठक मै इटा को जवाफ ढुङ्गा ले नै दिनुपर्ने ?त्यस्को परिणाम के त ।आत्मसन्तुष्टि ,थपडी,वाह वाह।त्यत्तिनै हो त ।के यस्तो कार्य बाट आक्षेपको प्रवृत्ति मा सुधार आउला त ।खै त अहिलेसम्म पनि जस्ताको त्यस्तै छ । मनोरोग ।संसद तोडफोड नभएको पनि त होईन नि ।तर पनि नेताहरू गर्व गर्दछ्न। राजनीति भनेको वाहुवल र संसद भनेको वाहुवल देखाउने थलो हो कि क्या हो।नयाँ नेपाल निर्माण कै क्रममा हामी हाम्रो अभिव्यक्ति को शैली मा आमुल परिवर्तन ल्याउने हो भने पक्कै पनि प्रशंसनिय र अनुकरणीय हुनेछ ।
राष्ट्रभक्ति ,जनभक्ती भन्दा पनि ठुलो धर्म अरु केहि हुदैन।यस्तै भक्तिकै क्रममा आफ्नो जीवनको सम्पुर्ण काल अर्पित गर्ने आफू लाई वलिदान दिनेहरू लाई हामी शहिद भनि सम्मान गर्दैछौं ,दिवस मनाउंद छौ।तिनीहरूको वलिदान बाट केही सिक्ने र जुन कार्य र अवस्था विरुद्ध तिनीहरु शहिद भए त्यस्ता कार्य र अवस्था पुनरावृत्त हुन नदिने प्रण हामी गर्दछौं ।तर नेताहरूको काम कुरा आचरणले त्यस्तो कार्य र अव
स्था पुनरावृत्त भए जस्तो ,हुन थाले जस्तो भान आम जनता मा परेको छ ।
नाकाबन्दी भारतले होइन हामीले लगाएका थियौं भन्नेहरू राजनीतिमा चलखेल गरिनै रहेका छन् ।देशभक्ति लाई आफ्नो स्वार्थ अनुरुपको अर्थ लगाउने छद्म वेशी नेता भनाउंदाहरूलाई किनारा लगाउन दलहरू बीच कहिले हुने हो हातेमालो।नयाँ नेपाल निर्माणको कुरा चलाई रहदा राष्ट्रिय झन्डा बदल्नु पर्छ भन्ने पनि नगरेका होइनन् नेताहरूले ।भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा नेपाली झन्डा को भद्दा आकार सार्वजनिक रूपमा हेर्न हामी वाध्य भयौं ।
धर्म ले राजनीति लाई डोर्याउनु हुदैन साथै राजनीतिले धर्म माथि अनेकन वहानामा हमला पनि गर्न हुदैन ।
भारतीय प्रधानमन्त्रीको हालैको नेपाल भ्रमण विशुद्ध धार्मिक एवं सांस्कृतिक भनियो ।त्यसैले जानकी मन्दिरको दर्शन बाट भ्रमण प्रारम्भ भयो।पशुपतिनाथ र मुक्तिनाथ को दर्शन पनि भयो। धर्म र संस्कृति वाट शुरू भएको भ्रमण जलविद्युत परियोजना को शिलान्यास मा टुंगियो।नेपाल वीना भारतको धर्म र श्रद्धा अधुरो पनि भनियो।भारतीय सांसद बाट नेपालको भू अखण्डता बिरुद्ध को आपत्तिजनक अभिव्यक्ति पनि आयो । भारत अखण्ड नेपालको पक्षमा रहेको भारतीय सरकारको विवरण सार्वजनिक भयो।जनकपुर- अयोध्या रामायण सर्किट को कुरो पनि व्यक्त भयो।
भारतीय प्रधानमन्त्रीको यो भ्रमण एक तीर दुई सिकार ,पशुपति को दर्शन सिध्राको ब्यापार जस्तो भएन र।भ्रमणकर्ता को अभिव्यक्ति नरम र सौहार्द देखियो। भाङ मिसाइएको मिठाई जस्तो । ब्वांसो ले मुसारे जस्तो।नेपाल-भारत सम्बन्ध जति प्राचीन निकट प्रगाढ र अपरिहार्य छ त्यति नै हामी एक अर्को देखि शसंकित पनि हुने गर्दछौं ।त्यसैले हामी दुबै परस्परमा कहिले नरम कहिले कठोर भईदिन्छौ।यो नेपाल -भारत सम्बन्ध को एउटा अत्यन्त संवेदनशिल पक्ष हो।भ्रमण सकियो, भाङले छोडयो,बक्तब्य बाजि सुरु भयो।फेरि पनि अन्योल र अस्थिरता ।कतै संघीयता आत्मघाती हुने त होइन ।पक्कै पनि हुदैन होला ।यही त हो नि राजनीतिक चक्रव्यूह।
-------------एम बी सिंह
Comments
Post a Comment