समालोचनात्मक राजनीति
समालोचनात्मक राजनीति
प्रकाशित:- वैशाख २१, २०७५ ( May 4, 2018 )
देशको सार्वभौमसत्ता ,अखण्डता ,राष्ट्रिय एकता ,स्वतन्त्रता र स्वाभिमान ,जनताको सुख शान्ति समृद्धि र स्थापित राजनीतिक पद्धतिको संस्थागत विकास अनि लोक कल्याणकारी समाज को स्थापना संग सम्बन्धित चुनौतीको पहिचान सामना र समाधान नै राजनीति हो।राजनीति भनेकै चुनौती हो।यो अत्यन्तै संवेदनशिल हुन्छ ।यस अर्थमा संवेदनशिल हुन्छ कि राजनीति लाई अत्यधिक तरल र कठोर हुन बाट जोगाउनु पर्दछ अन्यथा राजनीतिले अस्थिरता वा सर्बसत्तावादीको रूप धारण गर्दछ।ती दुवै अवस्थामा देश र जनताले दुख अन्योल लाचारी र दासता भोग्नु पर्ने हुन्छ ।तसर्थ राजनीति लाई त्यो अवस्था बाट जोगाउनु राजनीतिको महत्वपूर्ण दायित्व हो।
राजनीतिक दल,नेता र कार्यकर्ता भनेको राजनीति होईन।ती सबै राजनीतिलाई निस्कर्समा पुर्याउने माध्यम मात्र हो।किनकी एकल राजनीति सम्भव छैन।सागंठनिक राजनीतिनै राजनीतिको सशक्त माध्यम हो।राजनीतिमा सहभागी हुदैमा राजनीति गर्दछु भन्नु गलत हुन्छ किनकी राजनीति गर्नु र राजनीतिमा सहभागी हुनु यी दुई फरक कार्य हुन्।राजनीतिमा नेतृत्व को खांचो हुन्छ ।जो कोही नेतृत्व गर्न सक्षम हुदैनन्।नेतृत्वले राजनीति गर्दछन् कार्यकर्ताहरु परिचालीत हुन्छन् र आमजनता सहभागी हुन्छन् ।राजनीति भनेको नाम मान सम्मान भत्ता र पारिश्रमिक कमाउने पेशा होईन्।यो समर्पण विस्वास इमान्दारी दुरदर्शि र दृढता को दायित्व हो।तर आज जो कोही पनि राजनीतिमा पौडिन् चाहान्छन्।राजनीति लाई तिकडमको खेल ठान्दछन्।यो नै वास्तवमा राजनीतिक बिकृती हो। यस्तो बिकृती बाट हामी आजसम्म पनि पिडित छौं र यस्तो अवस्था बाट पार पाउन सकिरहेका छैनौं ।संभावना पलाउंदछ तर त्यो संभावनाले पूर्णता पाउनु अगावै तुहिन्छ।राजनीतिमा होमिएकाहरु परिस्थिति र स्वार्थ हेरी यदाकदा एउटै मंचमा उभिन पुग्दछ्न हातेमालो गर्दछ्न ।कार्यकर्ताहरु आमजनता गदगद् हुन्छन् अब केही हुन्छ भनेर तर मञ्च बाट उत्रिए पछि सुगाले जस्तै आ आफ्नो रत लगाउन थाल्द्छ्न् अनि हामी जनता फुस्स।यस्तै त हुदै आएको छ।भईनै रहेको छ।गदगद् अनि फुस्स ।
शतप्रतिशत आलोचनाको राजनीतिनै प्रमुख कारण हो।आलोचनात्मक राजनीति पुर्णतया गलत पक्कै होइन ।मुलुकले राजनीतिक सामाजिक आर्थिक विकास समृद्धि न्याय सुरक्षा र स्वाभिमानको एउटा निश्चित एवं आधारभूत चरण पार गरिसकेपछि मात्र आलोचनात्मक राजनीतिले केही प्रतिशत स्थान प्राप्त गर्दा लोक कल्याणकारी राज्य ब्यवस्था र समाजको संचालन एवं स्थापनामा खासै प्रभाव पर्दैन तर हामी शतप्रतिशत आलोचनात्मक राजनीतिको अवस्थामा छौं ।एउटा दल सत्तामा रहदा वा नरहदा देश र जनताको हकमा त्यसले गरेको उल्लेखनीय कार्य लाई अर्को दल र नेताहरू ले सार्वजनिक रूपमा स्विकार्दैनन।प्रशंसाको त कुरै नगरौं।डटेर, वङ्गारा देखाएर ,न्वारान देखिको वल निकालेर विरोध गर्दछन्।येनकेन नङगयाउने प्रयास गर्दछन्।आफ्नो दल सत्तासिन भएपछि पुर्व सत्तासिन दल ले लोक कल्याणमुखी योजना कार्यक्रम हरु मा प्रारम्भ गरेको प्रक्रिया र लगानी लाई क्रमशः रोकदै जान्छन्।चासो राख्दैनन् ।योजना र कार्यक्रमहरु मा विराम लाग्न थाल्द्छन्।देशको लगानी ले पुर्णता पाउंदैन्।नयां योजना र कार्यक्रमहरु को खाका कोरिन थाल्द छ ।प्रक्रिया र लगानी पनि प्रारम्भ हुन्छ ।सत्ताच्युत पछि सत्तासिन हुने अर्को दल बाट फेरि त्यही क्रम चालु हुन्छ ।देशको एकपछि को अर्को लगानीले पुर्णता पाउंदैन्।यस्तो हुदाहुदै जताततै अधुरो नै अधुरो।देश यसै त गरिब ।झन झन गरिब हुदै विपन्नता को खाडलमा बजारिनु को अलावा अरू के पो हुन् सक्ला र।
आज मुलुकको राजनीति नयाँ स्वरुप को अवस्थामा प्रवेश गर्दैछ ।नेकपा एमाले र माओवादी केन्द्र को पार्टी एकताको सबै ले उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् ।नेपाली राजनीतिमा नयां आशा र संभावना पलाउंदै छ।जनता लाई विस्वास छ त्यो पक्कै पनि तुहिदैन होला ।तुहिने छैन ।समानता लाई एकताको आधार बनाईए मात्र त्यो एकता सर्बोत्तम र सन्तुलित हुनेछ ।
नेपाली कांग्रेस अहिले धर भित्र आरोप प्रत्यारोप को भुमरीमा फसेको छ।निर्वाचनमा हार हुनुको कारण लाई लिएर एकले अर्कोलाई कारक भनि आरोप लगाई रहेका छन्।स्वीकार गर्न सकिरहेका छैनन् ।स्विकार्न लगाउन छोडेका छैनन्।
भावी राजनीति का लागि नेपाली कांग्रेस लगाएत सबै दल ले आफुहरू लाई नयां ढंगमा तम्तयार राख्नु पर्ने आवश्यक छ ।अबको राजनीति शतप्रतिशत आलोचनात्मक होईन समालोचनात्मक हुनुपर्दछ।किनकि मुलुकको अबको राजनीतिक आवश्यकता भनेको समालोचनात्मक राजनीति हो
---------------एम बी सिंह
Comments
Post a Comment