Posts

Showing posts from May, 2025

जनता कहिल्यै गलत हुदैनन्

                 सुशासनको मखुन्डोमा देश र जनताले चरम भ्रष्टाचार, दलाली , माफियातन्त्र , कमिसनखोर र ठगी निरन्तर झेल्दै आइरहेको छ।विगतमा नेकपा माओवादी { केन्द्र } को बाँदरे राजनीति बाट हायलकायल जनताले तथाकथित होईन् व्यवहारत: सुशासन र त्यसको सुनिश्चितता चाहेका थिऐ ।हुनत हालसम्म पनि त्यो जनचाहना जहाँको तहीँ छ ।त्यसैले स्थिरता र  सुशासनको सुनिश्चितताको लागि संसदमा प्रतिनिधित्व गर्ने दुई ठुलो दल   नेपाली कांग्रेस र नेकपा ऐमाले मिलेर संयुक्त सरकार बनोस भन्ने जनताको चाहना थियो। समयको बहाब सङ्ग सङ्गै आफ्नो मूल धार बाट डिरेल भएका, विगतमा धेरै पटक  शासन गरिसकेका  ती दुई ठुला दल मिलेर सरकार बने पछी " चोर चोर मौसेरे भाई " [ समान स्वभाव भएकाहरूमा छिटो मित्रता हुन्छ ] जस्तो हुने हो कि भन्ने आशंका जनतामा थियो।ऐमाले ले प्रजातन्त्रको जति नै फुर्तीफार्ती गरेतापनि अन्तत: त्यो सर्वसत्तावादी नै हो।एकाधिकार त्यो दलको इरादा हो।त्यसैले वाम एकता गरेर होस् वा कम्युनिस्ट मोडेलको समाजवादी मोर्चा खडा गरेर होस् येनकेन प्रकारेण प्रजातन्त्र माथि कब्जा गर्...