Posts

विधायिका विधायक र सुशासन

सुशासन को जग बसाउनु सहज छैन्। देश अहिले सुशासनको जग बसाल्न सङ्क्रमण कालको चरणमा छ।परिवर्तनको लागि नयाँ पिँढीहरू विभिन्न दलको नामले निर्वाचित भई संसदमा पुगेका छन्।परिवर्तनकारी नयाँ सोच भिजन जोशजाँगर र उत्साही नवनिर्वाचित युवा जनप्रतिनिधिहरूले संसद भरीएको छ।आशातीत युगान्तकारी परिवर्तन हुनेमा जनता उत्साहित छन्। नवनिर्वाचित सांसदहरूमा संसदीय पद्धति को सैद्धान्तिक ज्ञान अवश्य हुन सक्छ तैपनि अधिकांशमा अनुभवको कमी प्रष्ट देखिन्छ।विपक्षी वेञ्चमा रहदाको वखत के कसरी प्रस्तुत हुने आधारभूत मान्यता मर्यादा र आचरण विपक्षी वेञ्चमा रहेका नव निर्वाचित दलका नेताहरूमा पटक्कै  देखिएन्।संसदमा अनपेक्षित क्रियाकलाप को वर्चस्व रह्यो। संसद विधायिका नभएर माईतीघर मण्डला जस्तो देखियो।विधेयक पारित गर्ने थलो होईन् उक्साहत कै भरमा दिनहुँ रोष्टम घेराउ नाराबाजी र छातीमा पोस्टर टाँसी पुरानो शैलीमा उफ्रिने थलो बनेको छ।विपक्षी वेञ्चमा बस्नु भनेको सरकारले आँ उ जेगरे पनि विरोध गर्नु विपक्षीको राजनीतिक धर्म, कर्म ठान्ने सोच र प्रवृत्ति हावी रह्यो।त्यो भनेको नवविकृति हो।भड्किरहने मन माथी बुद्धिको लगाम खुकुलो हुनु प्रायश:...

नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा  निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट  क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टी  एकता र मजबुतीको लागि स्लो पोईजन हो। वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो। बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो। नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग...

नेपाली कांग्रेस संस्थापन पक्ष VS विषेश महाधिवेशन

अन्ततः नेपाली कांग्रेस संस्थापन पक्षको मिचाइमा केन्द्रीय कार्य सम्पादन समितिले एकतर्फि ढङ्गमा महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाहलाई साधारण सदस्य समेत नरहने गरी ५ बर्षको लागि पार्टी बाट निष्कासन गरेर पार्टी लाई विभाजनको सङ्घारमा पुर्यायो। यो संस्थापन पक्षको गर्व र बहादुरी होईन् विवाद लाई प्रजातान्त्रिक मूल्य मान्यता र प्रक्रियागत रूपमा समय सापेक्ष टुङ्गोमा पुर्याउन नसक्ने कमजोरी हो।यो निर्णय बाट संस्थापन पक्षधरहरू मध्ये केही शिर्ष नेताहरूलाई व्यक्तिगत लाभ नै छ तर सिङ्गो पार्टी र समस्त कांग्रेसी जनहरूको निष्ठा, भावना, चाहना र हित विरूद्ध छ।लगभग २३ बर्ष अगि २०५९ सालमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को सभापति शेर बहादुर देउवा नै हुनुहुन्थ्यो।त्यस्कारण पार्टी लाई फुटको किनारमा पुर्याउनु फुटाउनु उहाँको लागि सामान्य हो। महामन्त्री द्वयले बारम्बार भन्दै आएका थिए कि विशेष महाधिवेशन सत्तामा पुग्न पार्टी तोड्न होईन् पार्टीको समय सापेक्ष प्रबलीकरण र एकता को लागि हो।स्पष्ट छ निष्काशनको निर्णय कारवाही होईन् विभाजनको रणनीतिक चाल हो। स्मरण रहोस कि महामन्त्री द्वय...

फागुन २१ निर्वाचन ~ बदलाव नै एकल एजेण्डा

समय सापेक्ष बदलाव नै फागुन २१ मा हुने निर्वाचनको एकल एजेण्डा हो।सोचमा मात्र परिवर्तन भएर हुदैन्।नियतमा बदलाव अपरिहार्य छ।विगतमा पटक पटक सरकारमा बसेर जनता हाँकेका ठुला दलका नेताहरूको अभिव्यक्ति सुन्दा , जारी दस्तावेजहरू पढ्दा तिनीहरूको सोच निकै innovative  उन्नतशील लाग्थ्यो।तर त्यसको विपरीत हकिकतमा तिनीहरूको नियत अत्यन्त स्वार्थपरक , शोषणकारी ,झोले पोषणमुखी रह्ययो।परिणाम देश भ्रष्टाचार र दु:शासनको दहमा चुर्लुम्म डुब्यो।त्यसैको विस्फोट थियो भदौ २३ को आन्दोलन । जतिपनि नवीन दलहरू छन् ती सबैले परिवर्तन को एजेण्डा लाई केन्द्रबिन्दु मा राखेर जनता माझ पुगिरहेका छन्।विगतमा राज्यको हरेक क्षेत्रमा आफ्नो पहुँच राख्न सफल ठुला दलहरू र तिनीहरूको पुच्छर समाउदै भ्रष्टाचारको वैतरणीमा पौडीदै आएका अन्य केही दलहरूको शुद्धीकरण अति नै आवश्यक छ। Self correction आत्म सुधार प्रजातन्त्र ,सुशासन र लोक कल्याणकारी राज्य व्यवस्थाको मुख्य आधार हो।तसर्थ सोचमा परिवर्तन, नियतमा परिवर्तन, आत्म सुधार र राज्य संयन्त्रको कार्यशैली मा परिवर्तन समग्रमा समयसापेक्ष बदलाव नै अहिलेको आवश्यकता हो।  पुस्तान्तरण र परिवर्तनक...

फगुन २१ को निर्वाचन ~ राजनीतिक सुनामी

विगतमा बेला बेला सत्तामा सहभागी रास्वपा बाहेक ठुला दलहरू लगाएत अन्य दलहरूको लागि फागुन २१को निर्वाचन राजनीतिक सुनामी साबित भयो।त्यो सुनामी एकाएक उर्लिएको होईन्।भ्रष्टाचार नातावाद कृपावाद र कुशासन विरूद्ध मुलुकको राजनीतिमा बर्षौ देखि भित्र भित्र कम्पन चलिनै रहेको थियो।त्यसैको नतिजा थियो फागुन २१को निर्वाचन परिणाम ।त्यो परिणामले  रास्वपा लाई दुई तिहाई को नजिक पुर्यायो र अन्य सबै दलहरू भनौ sweep out बढारियो। नेपाली कांग्रेस सभापति र एमाले अध्यक्ष द्वयले पराजय व्यहोर्नु पर्यो।२०७४ मा चितवन-३ बाट ४८२७६ मत र २०७९ मा गोरखा-२ बाट२६१०९ मत प्राप्त गरि विजयी भएका तत्कालीन नेकपा माओवादी ( केन्द्र ) को अध्यक्ष र अहिले नवगठित नेपाली कम्युनिष्ट पार्टी संयोजक दाहाल फागुन २१ २०८२ को निर्वाचनमा रूकुम पुर्व १ बाट १०२४० मत प्राप्त गरि विजयी हुनु भयो।निर्वाचनमा विजयी भएतापनि प्राप्त मतको आँकडा बाट मुलुकको वर्तमान राजनीतिमा दाहालको   political hold र status के कस्तो छ स्पष्ट हुन्छ। विगतमा राष्ट्रीय स्वतन्त्र पार्टी सत्ता सहभागी भएतापनि भ्रष्टाचार,नातावाद कृपावाद र कुशासन विरुद्धको आफ्नो अभियान लाई ...

प्रजातन्त्रमा टू वे ट्राफिक

स्मरण रहोस् अरूले आफ्नो मात्र कुरा सुन्नु पर्ने ,आफु लाई मात्र मान्नु पर्ने र आफु एकमात्र  हो " एको अहं "  सोच  छद्मभेषी प्रजातन्त्र हो।" किनकी अहिले प्रजातन्त्र एउटा टोपी जस्तै भएको छ जसले आफ्नो आकार गुमाएको छ किनकी प्रजातन्त्रको टोपी सबैले लगाउँछन् ।" स्वतन्त्रता, लोकहित, संयमता , समानता , अवसर र समभाव प्रजातन्त्रको मूलभूत मान्यता हो । प्रजातन्त्र भनेको two way traffic हो।त्यो नै प्रजातन्त्रको आधारशिला हो।त्यो भत्कियो भने प्रजातन्त्र खण्डहरमा परिणत हुन्छ।जस्तो कि भदौ २३ को कलिलो जन हत्याले प्रजातन्त्र रक्तरञ्जित भयो श्मशान बन्यो।त्यसैको परिणाम थियो भदौ २४ को घटना। प्रजातन्त्रमा लोककल्याण को राजनीति हुन्छ | हत्या हिंसा , प्रतिशोध र धम्काइको राजनीति मान्य हुदैन्।त्यसैले देश र जनताको  सर्वतोन्मुखी हित कल्याण एवं स्वाभिमान को खातिर एक ले अरूको पनि अस्तित्व एवं हैसियत स्वीकार्नु पर्दछ।मान्यता दिनु पर्दछ।कुरा सुन्नु पर्दछ र काम गरेर देखाउन  अवसर पनि दिनु पर्दछ।त्यो नै हो वास्तविक प्रजातन्त्र । सुशासन, लोककल्याण ,शुन्य भ्रष्टाचार, शुन्य नातावाद कृपावाद  र परिवर्...

जनता वर्तमानमा केन्द्रित छन

देश अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ।सबै भन्दा ठुलो दल नेपाली कांग्रेस लगाएत अन्य दलहरू चुनावी माहोल सृजना गर्ने चरणमा छन्।रास्वपा उम्मेदवारहरूको पहिचान र तिनीहरुको पक्षमा जनलहर पैदा गर्न त्यो दलको बहुचर्चित नेता चुनावी देश दौडाहामा व्यस्त छन्। राष्ट्रीय राजनीतिको एउटा प्रमुख दल नेकपा एमालेको अध्यक्ष जेन जी आन्दोलन ताका को प्रधानमन्त्री ओली अझै पनि आगो उकेल्दै हुनुहुन्छ।स्थिति निर्वाचन अनुकूल नरहेको बताउदै हुनुहुन्छ। ओलीको उक्त भनाई लाई जनताले वर्तमान माहोल उहाँको फेवरमा नरहेको संकेतको रूपमा अर्थ्याइ रहेका छन्। जेन जी आन्दोलनको कट्टर विरोधी ओली अहिले सामाजिक सञ्जाल मार्फत जेन जीहरू प्रति सद्भाव र सहानुभूति प्रकट गर्दै हुनुहुन्छ।जनताले बुझेका छन् कि त्यो गोहीको आँसु जस्तै हो। देश कसैले जलाएको छैन्।हरेक आन्दोलनमा घुसपैठ त हुन्छ नै।त्यसलाई रोक्नु नियन्त्रणमा लिनु तत्कालीन सरकारको चुनौतिपूर्ण दायित्व हो।त्यो दायित्व प्रभावकारी ढङ्गमा बहन गर्न नसक्नु नै घुसपैठीहरू सशक्त हुनु हो।घुसपैठीहरू छद्मभेषमा जो पनि हुन सक्छ। फागुन २१ मा हुने निर्वाचन भ्रष्टाचार विरूद्...